• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार १०:४२

मंसिर २३, २०८२ काठमाडौं— कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफेफिलियासँग सेवा शुल्क तथा बिल छुटसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले क्याफेफिलियामा उपलब्ध हुने फुड तथा बेभरेजमा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

National Life

ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि छुट सहज रूपमा प्राप्त हुनेछ। बैंकले यो सम्झौताले नियमित ग्राहक सेवा पहुँचलाई अझ विस्तारित बनाउने, ग्राहकमैत्री सुविधा बढाउने तथा बैंकसँग आवद्ध ग्राहकलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गरेको छ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेफिलियाका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार साझेदारीको दायरा विस्तार गर्दै जीवनशैली, हस्पिटालिटी र उपभोगसम्बन्धी सेवामा ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया