• १४ असोज २०८३, बुधबार
  • ३ः३३ राती

समानुपातिक प्रणालीका लागि दलहरूलाई निवेदन पेस गर्न निर्वाचन आयोगको आह्वान

प्रकाशित मिति

२०८२ मंसिर १९ गते, शुक्रबार १२:२७

मंसिर १९, २०८२ काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै समानुपातिक प्रणालीसम्बन्धी निर्वाचन कार्यक्रम शनिबारदेखि लागू हुने बताएको छ।

National Life

आयोगका अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म स्वीकृत तालिकाअनुसार दलहरूले निवेदन पेस गर्न सक्नेछन्। समानुपातिक निर्वाचन प्रक्रिया सहज बनाउन आयोगले गत आइतबारदेखि कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ। यसका लागि आयोगका सचिव महादेव पन्थालाई निर्वाचन अधिकृत तोकिएको छ।

मंसिर २४ गते आयोगले निवेदन दर्ता गराएका राजनीतिक दलहरूको नामावली सार्वजनिक गर्नेछ। त्यस्तै, दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अब ९० दिन मात्र बाँकी छ। प्रत्यक्षतर्फका उम्मेदवारका लागि माघ ६ गते मनोनयनपत्र दर्ता गरिनेछ र सोही दिन प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। माघ ७ गते मनोनयनविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुने छ भने माघ ९ गते अन्तिम नाम फिर्ता लिने समय हुनेछ। सोही दिन अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन चिन्ह प्रदान गरिनेछ।

आयोगले माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको तयारी पनि एकैसाथ अघि बढाइरहेको छ

प्रतिकृया