• १४ असोज २०८३, बुधबार
  • २ः१२ राती

उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी  नयाँ नियम लागू

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ०२:२२

मंसिर १८, २०८२ काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिनदुइँका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्न पाउनेछन्। सडक किनारमै यात्रु चढाउने–ओराल्ने प्रवृत्ति बढेपछि पिक आवरमा जाम अत्यधिक हुने गरेकाले यो कदम चालािएको हो।

National Life

ट्राफिक प्रहरीका अनुसार लामो दूरीका सवारी साधनलाई दिँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्ने तयारी भइरहेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायहरूबीच समन्वय गर्दै आवश्यक पहल अगाडि बढाइनेछ।

यससँगै सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मदिरा सेवन गरी सवारी चलाउने चालकहरूलाई अनिवार्य सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीको सहजताका लागि अनलाइन सचेतना कक्षासमेत सुरु गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ व्यवस्था लागू भएपछि अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार आउने र उपत्यकाको आवागमन अझ सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

प्रतिकृया