• १४ असोज २०८३, बुधबार
  • २ः२५ राती

काँकरभिट्टा नाकाबाट चार महिनामा छ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ११:२६

मंसिर १८, २०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा पूर्वी नाका काँकरभिट्टाबाट छ अर्ब दुई करोडभन्दा बढी मूल्यका पेट्रोलियम पदार्थ आयात भएका छन्। मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल छ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको हो।

National Life

भन्सार अधिकृत एवं सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात दुई दशमलव ०१ प्रतिशत (११ करोड ९२ लाख ५४ हजार) ले वृद्धि भएको छ। आयात वृद्धिसँगै राजस्व संकलन पनि दुई दशमलव ९० प्रतिशतले (रु ८ करोड ४१ लाख २२ हजार) बढेको उनले बताए।

चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अवधिमा तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।

पेट्रोलियम पदार्थको आयात र राजस्व दुवै वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ।

प्रतिकृया