• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

लघुवित्तको धितो कर्जा सीमा ७ लाखबाट बढेर १५ लाख

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १२:३१

मंसिर १५ , २०८२ काठमाडौं – लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा बढेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै धितो कर्जाको सीमा ७ लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याएको हो।

National Life

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षाकृत सुस्त भएकाले लघुवित्तमार्फत कर्जा प्रवाह विस्तार गर्न सीमा बढाइएको हो।

यसबाहेक, लघुवित्तबाट कर्जा लिएका ऋणीहरूलाई भुक्तानीमा समस्या देखिएमा किस्ता तालिका परिमार्जन गर्ने सुविधा दिने व्यवस्था पनि गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ व्यवस्था लागू भएपछि ग्रामीण तथा साना उद्यमीले आवश्यक कर्जा पाउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया