• ३१ भदौ २०८३, बुधबार
  • ९ः२८ बिहान

महाधिवेशन प्रतिनिधि चयनमा शुल्क सीमा तोक्यो एमालेले

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०९:२४

मंसिर ९, २०८२ काठमाडौं – नेकपा एमालेले एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा उम्मेदवारबाट लिइने शुल्कमा सीमा तोकेको छ। संगठन विभागले कुनै पनि उमेदवारबाट एक हजार रुपैयाँभन्दा बढी शुल्क नउठाउन निर्देशन जारी गरेको हो।

National Life

केही जिल्लाबाट अस्वाभाविक रूपमा बढी शुल्क लिइएको गुनासो आएपछि विभागले शुल्क सीमा तोक्दै कडाइका साथ पालना गराउन स्थानीय तहका संरचनालाई निर्देशन दिएको छ।

संगठन विभागका अनुसार मंसिर १३ भित्र प्रतिनिधि छनोट प्रक्रिया सक्नुपर्नेछ। त्यसका लागि सम्बन्धित क्षेत्रहरूलाई अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गरी सो सूची केन्द्रीय संगठन विभागलाई पठाउन भनिएको छ। साथै मंसिर १२ साँझसम्म सर्वसम्मति जुटाउने प्रयास गर्न पनि निर्देशन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेको एघारौं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। महाधिवेशनमा देशभरबाट करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

प्रतिकृया