• १४ असोज २०८३, बुधबार
  • ८ः०९ बिहान

पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ अभियान सुरु गरेका छौं: जनार्दन शर्मा

प्रकाशित मिति

२०८२ मंसिर ७ गते, आईतवार ०२:३४

मंसिर ७, २०८२ काठमाडौं – नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पूर्व पार्टी संरचनाभित्रका ‘मठाधीशहरूलाई धूपबत्ती गर्ने संस्कार’ त्यागेर नयाँ अभियान सुरु गरेको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा समारोहमा बोल्दै शर्माले आफूहरू सामन्तवादको सिंहासन भत्काउँदै नयाँ यात्रामा अघि बढेको बताए।

National Life

उनले भने, “सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र निर्माणमा हामी पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं।”

प्रतिकृया