• १३ असोज २०८३, मंगलबार
  • ८ः५५ राती

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, भट्टराई अभिभावक भूमिकामा

प्रकाशित मिति

२०८२ मंसिर ७ गते, आईतवार ०२:२२

मंसिर ७, २०८२ काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच एकता गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले नयाँ पार्टीको नाम सार्वजनिक गरेका हुन्। उनी पार्टीमा अभिभावकीय भूमिकामा रहनेछन्।

National Life

नयाँ पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

पार्टीको मार्गदर्शक सिद्धान्त प्रगतिशील समाजवाद रहेको जनाएको छ भने चुनाव चिन्ह ‘आँखा’ राखिएको छ। नेता सन्तोष परियारका अनुसार पार्टीको नेतृत्व समावेशी तथा सामूहिक भावनाका साथ अघि बढाइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया