जेनजी आन्दोलनको छानबिनका लागि ओली र लेखकलाई बयानमा बोलाउने तयारी
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार ०९:५०
मंसिर ७, २०८२ काठमाडौं — भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ। आयोगले आधाभन्दा बढी काम सकिएको बताउँदै अब उच्च सुरक्षा अधिकारीहरूको बयानपछि उनीहरूका लागि प्रश्नावली तयार गर्ने जनाएको छ।
असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगले मुख्यसचिवदेखि डीआईजी स्तरका अधिकारीहरूसम्मका बयान लिइसकेको छ। आयोगले नेपाली सेनासँग पनि लिखित जानकारी मागेको स्रोतले जनाएको छ।
अध्यक्ष कार्कीका अनुसार अझै तत्कालीन उपत्यका प्रमुख, प्रहरी महानिरीक्षक, सचिवलगायतका बयान बाँकी छन्। ती बयानपछि मात्र ओली र लेखकलाई बोलाइनेछ। आयोगले एक साताभित्रै बयान प्रक्रिया सक्ने लक्ष्य राखेको छ। साथै, आन्दोलनका घाइतेहरूसँग पनि भेटघाट र कुराकानी गर्ने तयारी छ।







प्रतिकृया