नयाँ ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज सार्वजनिक
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार ०९:३२
काठमाडौं – देशका तीन प्रमुख राजनीतिक धाराबाट अलग भएका नेताहरू आज प्रगतिशील लोकतान्त्रिक पार्टी नामक नयाँ राजनीतिक शक्ति गठन गर्दैछन्। डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति), माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्माको प्रगतिशील अभियान र रास्वपाबाट विदा भएका सन्तोष परियारलगायत नेताहरूको संयुक्त पहलमा नयाँ दल गठन हुन लागेको हो।
नयाँ पार्टीमा अध्यक्ष परिषद बनाएर नेतृत्व चयन गर्ने तयारी गरिएको छ। पाँच जनासम्म रहने अध्यक्ष परिषद र एक संरक्षक रहने विषयमा प्रारम्भिक सहमति भइसकेको नेताहरूले बताएका छन्। यससँगै, करिब १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारीसमेत गरिएको छ।
‘बृहत् एकता घोषणा सभा’ नाम दिइएको औपचारिक घोषणा कार्यक्रम आज बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने जनाइएको छ। कार्यक्रममा तीन धाराका नेतृत्वसँगै विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।







प्रतिकृया