• २० असोज २०८३, मंगलबार
  • ७ः०१ बिहान

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०१:५२

काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया शेयर ऋण’ को कर्जा योजना सार्वजनिक गरेको छ ।

National Life

बैंकले शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंका अनुसार प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरिएको छ ।

प्रतिकृया