• २० असोज २०८३, मंगलबार
  • ८ः०४ बिहान

एमाले युवा भोलेन्टियर फोर्स घोषणा अघि माइतीघरमा प्रदर्शन

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०१:१५

मंसिर ५, २०८२ काठमाडौं — नेकपा एमाले समर्थित युवाहरू नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा शुक्रबार माइतीघर मण्डलामा जम्मा भएका छन्। युवाहरू पैदल र मोटरसाइकलमा सवार देखिएका छन्।

National Life

एमालेले माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा फोर्स घोषणा गर्ने योजना बनाएको छ। यसअघि माइतीघरमा जेन–जी आन्दोलनका घाइतेहरू सडकमा धर्ना बसेका थिए।

जेन–जी घाइतेहरूले “नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै” जस्ता प्रश्नसहित प्लाइकार्ड प्रदर्शन गर्दै न्यायका लागि आफ्नो संघर्ष जारी रहेको जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

स्थिति तनावपूर्ण नबनोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ। एमाले र जेन–जी युवा बीच पछिल्लो समय आक्रामक अभिव्यक्तिहरू देखिएका छन्।

प्रतिकृया