• २० असोज २०८३, मंगलबार
  • ८ः४५ बिहान

जेनजी अगुवाहरुको दल दर्ताको दौडबाजीप्रति मन्त्री महावीर पुनको असन्तुष्टि

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०९:०६

मंसिर १, २०८२ काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै राजनीतिक दल दर्ता गर्न लागेको विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन्। जेनजी आन्दोलनपछि परिवर्तनको नेतृत्व गर्नुपर्ने ठानेका व्यक्तिहरू दल दर्ताको होडमा लागेपछि उनले ‘आन्दोलनकै लक्ष्य कमजोर बन्ने’ चेतावनी दिएका छन्।

National Life

मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्तासम्बन्धी समाचार साझा गर्दै सानोतिनो कुरा नमिले पनि गुट–उपगुटमा विभाजन भई राजनीतिक दल बन्ने क्रम ‘घातक’ हुने टिप्पणी गरेका हुन्। उनले जेनजीहरू आफू नै “खाल्डो खन्दै” गएको भन्दै रोष प्रकट गर्दै लेखेका छन्,“हेर्नुहोस्, १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा रे। यिनिहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्।”

पुनका अनुसार यस्तो विभाजित कदमले पुरानै राजनीतिक दल र नेताहरूको शासन पुनः फर्कन सक्ने खतरा बढेको छ। उनले भनेका छन्, “यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा बसेका पुरानै जाली–फटाहा नेताहरू फेरि सत्तामा आउनेछन्। जेन-जी आन्दोलनको लक्ष्य तुहिन्छ र अहिलेका मन्त्रीहरूले गरेका सकारात्मक निर्णयहरू पनि पुरानै भ्रष्टाचारी दलहरू आएपछि उल्टिन्छन्।”

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन्। दर्ता प्रक्रियामा रहेका केही दल जेनजी आन्दोलनका अगुवाहरूले नेतृत्व गरेका दलहरू रहेको आयोगले जनाएको छ।

प्रतिकृया