• २० असोज २०८३, मंगलबार
  • ८ः४५ बिहान

मौसम प्रणालीको प्रभाव छैन, आज राति पनि मौसम सफा

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०९:१७

मंसिर १, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। विभागले दिएको जानकारीअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

National Life

दिउँसोका लागि जारी गरिएको विवरणअनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा सफा मौसम रहनेछ। विभागका अनुसार आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिकृया