दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा आजदेखि सुरु,पहिलो प्राथमिकता उत्पादन क्षेत्र
प्रकाशित मिति
२०८२ मंसिर १ गते, सोमबार ०८:५६
मंसिर १, २०८२ काठमाडौं— वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान ईपीएस ९भ्mउयिथmभलत एभचmष्त क्थकतझ० मार्फत आवेदन दिएका युवाहरूको भाषा परीक्षा आज ९सोमबार०देखि देशभर सुरु भएको छ। पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा लिइँदैछ।
उत्पादन क्षेत्रमा मात्र ६७ हजार जनाले आवेदन दिएका छन्। सन् २०२५ मा कोरिया जाने कुल १ लाख २ हजार ५१५ जनामध्ये यो समूहलाई प्राथमिकतामा राखी भाषा परीक्षा सुरु गरिएको वैदेशिक रोजगार विभागको ईПएस शाखाले जनाएको छ।
दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार जनाको परीक्षा सञ्चालन गरिनेछ।
यसअघि ईपीएस रोस्टरमा परेका युवाहरूले आफूहरूलाई पहिला कोरिया लैजानुपर्ने माग गर्दै परीक्षा स्थगन गर्न आग्रह गर्दै आएका थिए। यद्यपि, सोही समयमै उत्पादन क्षेत्रका ६७ हजार परीक्षार्थीको परीक्षा प्रक्रिया सुरु गरिएको हो।
ईपीएस शाखाका अनुसार दुई महिनाभित्र सबै भाषा परीक्षा सम्पन्न गर्ने तयारी गरिएको छ।
दक्षिण कोरिया १७ वटा ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक भित्र्याउने देशको रूपमा रहेको छ।








प्रतिकृया