कांग्रेसमा महाधिवेशन विवाद तीव्र, महामन्त्री गगन थापाको बैठक बहिष्कार
प्रकाशित मिति
२०८२ कार्तिक १४ गते, शुक्रबार १०:०३
कात्तिक १४, २०८२ काठमाडौं— नेपाली कांग्रेसमा महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद तीव्र बनेको छ। जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यतालिका पेश गर्ने तयारी गरेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रोक लगाएपछि विवाद बढेको हो।
खड्काको असहमतिको विरोध गर्दै महामन्त्री थापाले बिहीबारको बैठक बहिष्कार गरेका छन्। बैठक सुरु हुनु अघि खड्का, थापा र शर्माबीच अनौपचारिक छलफल भए पनि सहमति नजुटेपछि थापा बैठकमै नबसी बाहिरिएका हुन्।
कांग्रेसमा अहिले नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विषयमा विवाद छ। संस्थापन पक्ष तत्काल चुनावमा केन्द्रित हुनुपर्ने बताउँदै महाधिवेशन टार्न चाहन्छ भने थापा, शर्मा र शेखर कोइराला पक्षले शीघ्र महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने अडान लिएका छन्।
पार्टीको कार्यसमितिको पदावधि मंसिरसम्म रहेको छ भने विधानअनुसार एक वर्ष थप गर्न सकिने व्यवस्था छ। हालै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएकाले कांग्रेस नेतृत्व थप दबाबमा परेको छ







प्रतिकृया