• १३ असोज २०८३, मंगलबार
  • ७ः०६ बेलुका

चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ०९:४९

कात्तिक १४, २०८२ काठमाडौं— गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान भरतपुर–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ।

National Life

दुर्घटनामा गौरबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन बस र जनकपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस पार्किङमा राखिएको ना.६ ख ८१३ नम्बरको इट्टा लोड ट्रकमा ठोक्किएका थिए।

उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्टको कमाण्डमा पुगेको टोलीले बाटो सुचारु गराएको छ।
रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया