• ४ साउन २०८३, सोमबार
  • ९:५१ बेलुका

सरकारद्वारा ११ देशका नेपाली राजदूत फिर्ता (नामावलीसहित)

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ०८:१२

असोज ३०,२०८२ काठमाडौं– सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिँदै चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको बताए।

Kamana Sewa

फिर्ता बोलाइएका राजदूतहरूलाई २० कात्तिकभित्र नेपाल फर्कन सरकारको निर्देशन छ।

Classic Tech Desktop

फिर्ता बोलाइएका राजदूतहरूको नामावली यस्तो छ:

चीन: कृष्णप्रसाद ओली

जर्मनी: शैल रुपाखेती

इजरायल: धनप्रसाद पण्डित

मलेसिया: डा. नेत्रप्रसाद तिमल्सिना

कतार: रमेशचन्द्र पौडेल

रुस: जंगबहादुर चौहान

साउदी अरब: नरेशविक्रम ढकाल

स्पेन: शनिल नेपाल

बेलायत: चन्द्रकुमार घिमिरे

अमेरिका: लोकदर्शन रेग्मी

जापान: डा. दुर्गाबहादुर सुवेदी

सरकारले भारतका लागि नेपाली राजदूतलाई भने फिर्ता नबोलाएको स्पष्ट गरिएको छ। यस निर्णयलाई हालको सरकारले कूटनीतिक नियुक्तिमा पुनरावलोकन गर्ने प्रयासको रूपमा हेरिएको छ।

प्रतिकृया