• १ असोज २०८३, बिहीबार
  • ११ः४७ राती

भाडा बढी असुल्ने र टिकटको कालोबजारी गर्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी : मन्त्री कुलमान घिसिङ

प्रकाशित मिति

२०८२ आश्विन १५ गते, बुधबार ०८:२९

असोज १५, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत भाडादरभन्दा बढी असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीहरूलाई तत्कालै कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।

National Life

बुधबार आयोजित एक कार्यक्रममा मन्त्री घिसिङले चाडबाडको मौका छोपी यात्रुहरूबाट बढी भाडा असुलिएको, टिकटको कालोबजारी गरिएको लगायतका गुनासा निरन्तर आइरहेको उल्लेख गर्दै, त्यस्ता कानुनविपरीतका क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए।

“देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो बेलामा सबै पक्ष विशेषगरी यातायात व्यवसायीले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्छ। यात्रुलाई अनावश्यक दुःख दिई चाडबाडलाई कमाउने माध्यम नबनाइयोस्,” मन्त्री घिसिङले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सरकारले तोकेको भाडादरभन्दा बढी असुल नगर्न र टिकट वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न समेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। मन्त्री घिसिङले जनताको सेवा गर्न बनेको यातायात क्षेत्रलाई मुनाफामुखी बनाउनु अस्वीकार्य हुने बताएका छन्।

यात्रुबाट आउने गुनासाको आधारमा तत्काल निगरानी तथा निरीक्षण कार्य तीव्र बनाउने र दोषी पाइएका व्यवसायीहरूलाई कानुनी दायरामा ल्याइने मन्त्रालयले जनाएको छ। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् । 

प्रतिकृया