• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

महेश बस्नेतको आरोप: जेनजी सरकारले मिडिया ट्रायलमार्फत गिरफ्तार गर्न खोज्दै

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार ०७:२६

काठमाडौं, असोज १३ — नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाममा बनेको सरकारले आफूलाई गिरफ्तार गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सरकारविरुद्ध कडा प्रतिक्रिया दिएका छन्।

National Life

नेता बस्नेतले आफुले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको भन्दै त्यसकै कारण सरकारले मिडिया ट्रायलमार्फत चरित्र हत्या गर्न खोजेको दाबी गरेका छन्। उनले लेखेका छन्, “जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए त्यसको सामना गर्न नेपाली युवा सधैँ तयार छन्।”

उनले सरकारलाई चेतावनी दिँदै भनेका छन् कि सत्यको पक्षमा उभिने व्यक्तिहरूलाई दबाब दिने र डराउने शैली लोकतन्त्रविपरीत हो। हालसालै केही युवाहरूले जेनजी आन्दोलनको नेतृत्व गर्दै सरकारविरुद्ध आवाज उठाइरहेका बेला बस्नेतको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। यद्यपि सरकारले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया