भाइपछि आमाबाबु बस्ने घरमा पनि सीआईबीको छापा
प्रकाशित मिति
२०८२ आश्विन १३ गते, सोमबार ०७:१९
असोज १३, २०८२ काठमाडौं– नेपाली कांग्रेसकी नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका परिवारको घरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ। आइतबार साँझ सीआईबीले आरजु राणाका भाइ भूषण राणा बसोबास गर्ने जावलाखेलस्थित घरमा छापा मारेको थियो। त्यसको केही समयमै आरजु राणाका बुवा–आमा बस्ने घरमा पनि छापा मारिएको सीआईबी स्रोतले जनाएको छ।
ललितपुरको जावलाखेलमा रहेका दुबै घरमा प्रहरीले खानतलासी गरेको हो। तर सो क्रममा केही कागजात बरामद गरियो कि गरिएन भन्नेबारे सीआईबीले हालसम्म औपचारिक जानकारी दिएको छैन। सीआईबीले पछिल्लो समय तिव्र रुपमा अघि बढाइरहेको नक्कली भूटानी शरणार्थी प्रकरण तथा अन्य विवादास्पद डिलसम्बन्धी अनुसन्धानमा आरजु राणाले आफ्ना भाइ भूषणलाई मध्यस्थकर्ताको रूपमा प्रयोग गरेको आशंका गरिएको छ।
छानबिनलाई तीव्र बनाउँदै सीआईबीले परिवारका सदस्यहरूमाथि पनि निगरानी बढाएको देखिएको छ। यस प्रकरणले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।








प्रतिकृया