• ३ असोज २०८३, शनिबार
  • ११ः४८ बिहान

आज पहाडी क्षेत्रमा आंशिक वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०८:०१

असोज ११, २०८२ काठमाडौं– हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेकाले मौसममा खासै उल्लेखनीय गतिविधि देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले स्थानीय वायूको आंशिक प्रभाव मात्र देखिएको छ।

National Life

आज दिउँसो देशको पहाडी भू-भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। साथै, रातिको समयमा पनि पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसममा आउने यस्ता परिवर्तनका कारण पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिकृया