• १४ असोज २०८३, बुधबार
  • ३ः०१ राती

रास्वपालाई केन्द्रीय कार्यालय खाली गर्न घरधनीको आग्रह

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ११:०१

असोज १०, २०८२ काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बनस्थलीस्थित केन्द्रीय कार्यालयको लागि घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गर्न आग्रह गरेका छन्। १० महिनासम्मको भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै देवकोटाले रास्वपालाई घर छोड्न भनेका हुन्।

National Life

उनले भाडासँगै पार्टीलाई सापट दिएको ठूलो रकम पनि नपाएको गुनासो गरेका छन्। मासिक भाडा तीन लाख पचास हजार रुपैयाँमा सहमति भएको थियो। देवकोटा हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।

देवकोटा रास्वपाको अनुशासन आयोग प्रमुख समेत थिए। तर, अमेरिका गएपछि उनको स्थानमा कार्यवाहक व्यक्ति तोकिएको थियो। उनले पार्टीले भाडा र संगठनात्मक भूमिकालाई गम्भीरतापूर्वक नबुझेको टिप्पणी गरेका छन्। रास्वपाको कार्यालय पहिले बसुन्धरामा रहेको थियो तर सानो भएपछि देवकोटाको बनस्थलीस्थित घरमा सारिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया