• १४ असोज २०८३, बुधबार
  • ७ः४९ बिहान

रास्वपाको माग : ओली, लेखक र गुरुङलाई राजनीतिमा बन्देज लगाउनुस्

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ११:२४

असोज ९, २०८२ काठमाडौं–   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका बेला दमनमा संलग्न भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन सरकारसँग माग गरेको छ।

National Life

मंगलबार र बुधबार बसेको केन्द्रीय समिति बैठकपछि पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा छानबिन प्रतिवेदन आउँदासम्म ती तीन नेतालाई सार्वजनिक क्रियाकलापमा रोक लगाउन आग्रह गरिएको छ।

साथै, रास्वपाले २०४६ सालदेखि उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र जेनजी आन्दोलनका क्रममा भेटिएका अवैध सम्पत्ति सम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया