• २० असोज २०८३, मंगलबार
  • ४ः५२ बेलुका

कारागार फर्किए टोपबहादुर रायमाझी

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०२:११

असोज ७, २०८२ काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् ।

National Life

मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

प्रतिकृया