‘जेनजी’ आन्दोलनमा जलेका १२ शव अझै पहिचान हुन सकेन
प्रकाशित मिति
२०८२ आश्विन ६ गते, सोमबार ०२:१३
असोज ६, २०८२ काठमाडौं– गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको उग्र रूपका कारण ७४ जनाको ज्यान गएको छ । आन्दोलनमा सर्वोच्च अदालत, सिंहदरबार, संसद भवनदेखि प्रहरी कार्यालयसम्मका सरकारी संरचना खरानी बनेका छन्। पाँचतारे होटल, निजी कम्पनीहरू, भाटभटेनी सुपरमार्केट लगायत स्थानहरूपनि खरानी बनेका छन्।
त्यसतै भाटभटेनीमा जलेर मृत्यु हुने १२ जनाको पहिचान अझै हुन सकेन । काठमाडौं चुच्चेपाटी शाखामा ६ जना कोटेश्वरमा १ जना सुनसरीमा ४ जना मोरङमा १ जना ती शवहरूको अवस्था अत्यन्तै जलेको र कंकालमात्र बाँकी रहेकाले डीएनए परीक्षणबिना पहिचान सम्भव नभएको प्रहरीले जनाएको छ। १२ वटा शव अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको फरेन्सिक विभागमा राखिएको छ। फरेन्सिक प्रमुख डा. गोपाल चौधरीका अनुसार, तीमध्ये सातवटा शव पूर्ण रूपमा जलेको अवस्थामा छन्।

मृतकका परिवारहरू पनि सम्पर्कमा आएका छैनन्, जसका कारण समस्या झन जटिल हुँदै गएको चौधरीले बताए । नेपाल प्रहरीका अनुसार, ४६ वटा शव पोस्टमार्टमका लागि अस्पतालमा ल्याइएको थियो। तीमध्ये ३९ शव परिवारले पहिचान गरी बुझेका छन्।

प्रहरी तथ्यांक अनुसार, आन्दोलनमा ज्यान गुमाउने ७४ जनामध्ये ३ जना प्रहरी, ४९ जना सर्वसाधारण, १० जना कैदीबन्दी रहेका छन् । फरेन्सिक विभागले बाँकी शवहरू पहिचान गर्न डीएनए परीक्षण अघि बढाउने तयारी गरिरहेको छ। प्रहरीले यसका लागि पत्राचार गरिसकेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरले हालसम्म हराएका वा सम्पर्कविहीन व्यक्तिका परिवारबाट जानकारी नआएको जनाएको छ। प्रहरीलेस म्पर्कविहीन भए, सम्पर्क गर्न निम्न नम्बरहरूमा आग्रह गरिएको छ :
नेपाल प्रहरी कन्ट्रोल नम्बर:१००
जिल्ला प्रहरी परिसर, काठमाडौँस: ९८५१२८३०१२




प्रतिकृया