आज टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
प्रकाशित मिति
२०८२ आश्विन ३ गते, शुक्रबार १२:१९
असोज ३, २०८२ काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ।राजधानीको सैनिक मञ्च, टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रलाई सम्बोधन गर्दै संविधानको महत्व र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा यसले खेलेको भूमिकालाई स्मरण गराइन्।
प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउनु पर्ने बताउँदै हालैका आन्दोलन, जनचेतना र सुधारको आवश्यकतालाई समेत सम्बोधन गरिन्।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी गरिएको हो। नेपाली जनताको दुई दशकभन्दा लामो संघर्ष, जनआन्दोलन र राजनीतिक सहमतिहरूको सेतुका रूपमा यो संविधान निर्माण भएको हो।
दोस्रो संविधानसभाबाट जारी गरिएको संविधानलाई नेपाली जनताको साझा दस्तावेजको रूपमा लिइन्छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र समानताको मार्गनिर्देशकका रूपमा काम गरिरहेको सरकारको दाबी छ।
संविधान दिवसका अवसरमा देशभर सरकारी कार्यालयहरूमा झण्डोत्तोलन, विशेष सभा, प्रभातफेरीजस्ता कार्यक्रमहरू आयोजना गरिएको छ।












प्रतिकृया