• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

जेनजी आन्दोलनमा नेपाल टेलिकमको तीन करोड बराबरको क्षति

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ११:०५

भदौ ३०,२०८२ काठमाडौं – गत भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालय अराजक समूहको भीडले तोडफोड र आगजनी गर्दा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहका अनुसार भीडले कम्प्युटर, प्रिन्टरलगायतका अत्यावश्यक उपकरण नष्ट गरेका छन्। उनका अनुसार , प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकम कार्यालयमा आगजनी गरेका छन्। आगजनीबाट महसुल काउन्टरमा ठूलो क्षति भएको छ।

National Life

घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले क्षतिको विवरण पारदर्शी ढङ्गले संकलन गर्न निर्देशन दिएका छन्। उनले भने, “जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्। त्यसैले कार्यालयमा भएका क्षतिको मुचुल्का तयार गर्दा यथार्थपरक र व्यवस्थित बनाउन आग्रह गरिएको हो।”

उनका अनुसार क्षतिको मुचुल्का तयार पार्दा श्रव्य–दृश्य प्रमाणसहित व्यवस्थित ढङ्गले प्रतिवेदन बनाउने तयारी भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया