• १४ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ११:३६

भदौ ३०,२०८२ काठमाडौं – श्रीनगर एग्रोटेक इन्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले भदौ ११ देखि २५ गतेसम्मको म्याद तोकेको भए पनि देशको विषम परिस्थितिका कारण आवेदनमा बाधा पुगेको भन्दै अब भदौ ३० र ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।

National Life

नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते स्वीकृति पाएको कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर (प्रति कित्ता अंकित मूल्य रु. १००) निष्कासन गर्न लागेको हो।

जारी पूँजीको १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदनका लागि नबिल बैंकको तानसेन शाखा (पाल्पा) र फरसाटिकार शाखा, एनएमबी बैंकको तानसेन शाखा (पाल्पा) र फरसाटिकार शाखा, तथा ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट सेवा लिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

प्रतिकृया