अर्थमन्त्री बन्ने तयारीमा रहेका डा. खनालको घोषणा ,तलब बाहेक कुनै सुविधा लिँदिनँ
प्रकाशित मिति
२०८२ भाद्र ३० गते, सोमबार १०:३३
भदौ ३०,२०८२ काठमाडौं – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।
बालुवाटार निकट स्रोतका अनुसार खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत सुविधा नलिने स्पष्ट शर्त राखेरै मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, “तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननीय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो। त्यसमा हाम्रो के नै विमति हुन्छ र?”
खनाल यसअघि पनि सरकारी सेवामा इमान्दार छविका लागि परिचित रहँदै आएका छन्। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा उनले कुनै सरकारी सुविधा उपभोग गरेका थिएनन्।
सार्वजनिक प्रशासन सुधार र सरकारी खर्चमा मितव्ययिताको पक्षधर खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वसमेत गरेका थिए।







प्रतिकृया