• १४ असोज २०८३, बुधबार
  • ३ः४३ राती

सर्वसाधारणका लागि आजदेखि सागर डिष्टिलरीको आईपीओ निष्कासन

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार १०:४७

भदौ ३०,२०८२ काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर (प्रति कित्ता अंकित मूल्य रु. १००) जारी गरेको हो।

National Life

यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरे पनि देशको राजनीतिक तथा सामाजिक परिस्थितिका कारण प्रक्रिया स्थगित भएको थियो। पुनः आजदेखि आईपीओ सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीले कुल सेयरमध्ये सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीका लागि ४३ हजार ५६० कित्ता छुट्याएको छ। बाँकी सेयर आम लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा मेरो सेयर प्रणालीमार्फत दिन सकिनेछ। यो आईपीओ निष्कासन छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। यसअघि सागर डिष्टिलरीले पहिलो चरणअन्तर्गत साउन २८ देखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।

प्रतिकृया