• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

नवनियुक्त प्रधानमन्त्री कार्की घाइते भेट्न पुगिन्सि भिल अस्पताल

प्रकाशित मिति

२०८२ भाद्र २८ गते, शनिबार ०४:२७

भदौ २८,२०८२ काठमाडौँ – नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न शनिबार बिहान मीनभवनस्थित सिभिल अस्पताल पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भइसकेकी कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।

National Life

अस्पताल भ्रमणपछि उनले आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम छ। कोटेश्वरमा भएको आगजनीका कारण केही प्रहरीको ज्यान गएको थियो। जेनजी आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गइसकेको छ भने सयौं घाइते विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

प्रतिकृया