• २० असोज २०८३, मंगलबार
  • ६ः२८ बेलुका

संसद विघटन गर्ने सहमति, मन्त्रिपरिषद् आजै गठन हुने

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०७:३१

अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गरिने सहमति जुटेको हो । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्नेछिन् । संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ ।

National Life

उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखिँदै छ ।

प्रतिकृया