• २० असोज २०८३, मंगलबार
  • ६ः११ बेलुका

देशभरि दुई दर्जन होटलमा आन्दोलनको क्षति, २५ अर्ब बराबर नोक्सानी

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०६:२३

भदौ २७,२०८२ काठमाडौँ – यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनका क्रममा देशभरि दुई दर्जनभन्दा बढी होटलमा तोडफोड, आगजनी र लुटपाट भएको पाइएको छ। होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको प्रारम्भिक विवरण अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी ब्रान्डका होटल बढी प्रभावित भएका छन्।

National Life

हानका अनुसार काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ भने देशभरि कुल क्षति करिब २५ अर्ब पुग्ने देखिएको छ। दाङस्थित होटल माला इन, काठमाडौंको ह्यात होटल लगायतका प्रतिष्ठानमा समेत ठूलो क्षति पुगेको छ।

अवरुद्ध होटल सञ्चालनमा आउन नसक्दा करिब २ हजारभन्दा बढी कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर परेको हानले जनाएको छ। होटलहरूले बैंक तथा वित्तीय संस्था लगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न नसक्ने अवस्था सिर्जना भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हानले आग्रह गरेको छ कि शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट क्षतिको छानबिन गरी अपराधीलाई उचित दण्ड र क्षतिपूर्ति उपलब्ध गराइयोस्। साथै, मर्मतसम्भार र पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्नुपर्ने माग पनि गरिएको छ। हानले आर्थिक स्थायित्व र पर्यटन विकासलाई सुरक्षित गर्दै परिवर्तनकारी नयाँ युगमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिकृया