• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

जेनजी आन्दोलनका तस्बिर–भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०३:५३

भदौ २७,२०८२ काठमाडौँ – नेपाल प्रहरीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा भएका आगजनी, लुटपाट र अन्य घटनासम्बन्धी तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन आग्रह गरेको छ।

National Life

प्रहरीले त्यस्ता कुनै जानकारी भए प्रहरीको जिमेल एकाउन्ट [email protected] पठाउन सकिने जानकारी गराएको छ। प्रहरीले गोपनीयता कायम राखिने उल्लेख गर्दै अनुसन्धानका लागि सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया