• १४ असोज २०८३, बुधबार
  • ७ः२२ बिहान

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको अपिल: विधिको शासन र संविधानबाट बाहिर नजानुहोस्

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०१:४४

भदौ २७,२०८२ काठमाडौँ – सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै देशमा विधिको शासन र संविधानवाद कायम राख्न सबैमा अपिल गरेका छन्। उनीहरूले राष्ट्रपतिले संवैधानिक प्रक्रियामार्फत देशको विषम परिस्थितिको समाधान खोजिरहेको बताएका छन्।

National Life

उनीहरुले भनेका छन

यही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन जेडहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ । आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा

Classic Tech Mobile
Classic Tech Desktop

कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र

स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौं ।

२०८२ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम्

सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरि भएको आगजनी र तोडफोडले मर्माहत बनाएको छ । संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपुरणीय क्षति भएको छ ।

देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय

राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।

प्रतिकृया