• १३ असोज २०८३, मंगलबार
  • १ः४८ राती

अन्तरिम सरकार गठन गर्न बोलाइएको केही घण्टाका लागि सर्यो

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार १०:४८

भदौ २७,२०८२ काठमाडौँ – अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा बिहान ९ बजे तय भएको छलफल केही घण्टाका लागि सरेको छ ।स्रोतका अनुसार वार्तामा रहेका पक्षहरूले आ–आफ्नो आन्तरिक छलफल गर्नुपर्ने भएकाले समय सारिएको हो ।

National Life

राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न पक्षसँग छलफल गरेका थिए । राजनीतिक दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् भने आन्दोलनरत जेनजी समूह संसद विघटनको पक्षमा रहेको छ ।

संविधानअनुसार संसद सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था भए पनि आन्दोलनरत पक्ष र दलहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमति जनाएका छन् । तर संसद्ले अनुमोदन गर्ने विधि र प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया