• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

अन्तरिम सरकार गठन र संसद् भविष्यबारे राष्ट्रपतिको छलफल

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०९:०२

भदौ २७,२०८२ काठमाडौँ – अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लागिसकेको छ । तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ । यसैबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ९ बजेपछि शीतल निवासमा जेनजी समूह, प्रधानसेनापति अशोकराज सिग्देलसहित सम्बद्ध पक्षहरूलाई बोलाउने भएका छन् ।

National Life

यसअघि बिहीबार दिउँसोदेखि अबेर रातिसम्म राष्ट्रपति पौडेलले विभिन्न पक्षसँग लामो परामर्श गरेका थिए । राजनीतिक दलहरू पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सहमत भए पनि संसद् विघटनबारे मतभेद कायमै छ ।

आन्दोलनकारी जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा छ भने राजनीतिक दल र कानुनविद्हरूले संसद् जोगाएरै आन्दोलनका माग सम्बोधन गर्न सकिने सुझाव राष्ट्रपति पौडेललाई दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलनपछि एमाले–कांग्रेस नेतृत्वको सरकार पतन भएको थियो । त्यसयता दलका शीर्ष नेताहरू सुरक्षित स्थानमा बसेका छन् । यद्यपि, युवा संगठन र विद्यार्थीहरू संविधान जोगाउनुपर्ने मागसहित फेरि सक्रिय हुन थालेका छन् ।

छलफल निष्कर्षमा पुग्ने हो भने राष्ट्रपति पौडेलले आजै सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने र शपथग्रहणसमेत गराउने तयारी रहेको शीतल निवास स्रोतले जनाएको छ ।

प्रतिकृया