• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

जेन-जी प्रदर्शनमा भएको क्षतिको दाबी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०६:१३

भदौ २६ ,२०८२ काठमाडौँ – नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी छिटो फछ्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। बिहीबार जारी गरिएको सूचनामा प्राधिकरणले बिमितको धनसम्पत्तिमा भएको क्षति र त्यसम्बाट उत्पन्न असहजतालाई मध्यनजर गर्दै दाबीलाई सहज र छिटो फछ्यौट गर्न आग्रह गरेको छ।

National Life

सूचनामा भनिएको छ, “उक्त परिस्थितिको कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ।”

प्राधिकरणले बीमा कम्पनीहरूलाई क्षतिको विवरण प्रत्येक हप्ताको बुधबार पेस गर्न पनि निर्देशन दिएको छ। यसका लागि कम्पनीहरूले तोकिएको गुगल फर्ममार्फत एक्सेल वर्कशीट भरेर पठाउनुपर्ने व्यवस्था मिलाइएको छ। भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यवसायिक प्रतिष्ठान र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया