• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

वृद्ध बा–आमा बस्ने चितवनको घर जलाइएको घटनाप्रतिडा. विश्व पौडेल असन्तुष्ट

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ११:४६

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बा–आमा बस्ने चितवनको घर जलाइएको घटनाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गभर्नर पौडेलले भैसेपाटीस्थित आफ्नै घर जलाएर नपुगि वृद्ध अभिभावक बसेको चितवनको घरमा आक्रमण गर्नु दुखद भएको उल्लेख गरेका छन्। उनले व्यंग्य गर्दै, “यो रिस साथीहरूको फलोस् फुलोस्,” भन्ने अभिव्यक्ति दिएका छन्।

पौडेलले आफू कहिल्यै कसैसँग एक रुपैयाँ नमागेको स्पष्ट गर्दै आफ्ना शैक्षिक र व्यावसायिक यात्राबारे पनि जानकारी दिएका छन्। उनका अनुसार, उनले चितवनकै सुविधाविहीन विद्यालयमा पढेर कक्षामा सधैं पहिलो स्थान हासिल गरेका थिए। उनका दाइ हाल अमेरिकामा प्राध्यापक छन् भने उनी स्वयं नेपालमै बसेर शिक्षण पेसाबाट अघि बढ्दै काठमाडौँ विश्वविद्यालय (केयू) मा प्राध्यापक बनेका थिए।

Kamana Sewa

गभर्नर पौडेलको भनाइले हालको तनावपूर्ण राजनीतिक आन्दोलनका बीच व्यक्तिगत तथा पारिवारिक सम्पत्तिमाथि भइरहेको आक्रमणप्रति व्यापक चासो पैदा गरेको छ।

Classic Tech Desktop

उनले भनेका छन-

यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो । ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।

प्रतिकृया