• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

जेनजी समूह र नेपाली सेनाबीच आज औपचारिक वार्ता हुने

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १०:३८

काठमाडौँ – लामो समयदेखि जारी जेनजी आन्दोलनबीच जेनजी समूह र नेपाली सेनाबीचको औपचारिक वार्ता आज हुने भएको छ। बुधबार वार्ता हुने भनिए पनि विभिन्न समूह अलग-अलग रूपमा जंगी अड्डा पुगेकाले त्यस दिन औपचारिकता लिन नसकेको हो।

सेनाले जेनजी पक्षलाई आन्तरिक सहमति कायम गरेर, एउटै नेतृत्व चयन गरी मात्र वार्तामा आउन आग्रह गरेको थियो।

Kamana Sewa

जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेको छ। यस प्रस्तावलाई काठमाडौँ महानगरका मेयर बालेन शाहले समर्थन गरेका छन्। तर, जेनजी समूहले राष्ट्रपतिसँग नभई सेनासँग वार्ता थालेको विषयमा विभिन्न पक्षबाट आश्चर्य व्यक्त हुँदै आलोचना समेत भइरहेको छ। संविधानतः संसद विघटन नभएको र राष्ट्रपति नै मुलुकको प्रमुख भएको अवस्थामा सेनासँग वार्ता गर्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ।

Classic Tech Desktop

बुधबार दुर्गा प्रसाई, धरानका मेयर हर्क साम्पाङ लगायतका व्यक्तिहरू पनि जंगी अड्डा पुगेका थिए। प्रधानसेनापतिसँग भेटपछि प्रसाईले “सुशिला कार्की वा बालेन शाह, जो भए पनि स्वीकार्य हुने” बताएका थिए भने हर्क साम्पाङले आफू नेतृत्व लिन इच्छुक रहेको दाबी गरेका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्।

प्रतिकृया