• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

रामेछाप कारागार तोड्ने प्रयास, गोली चल्दा २ कैदीको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १०:३३

रामेछाप – रामेछाप कारागार तोडेर भाग्न खोज्ने क्रममा बिहीबार बिहान गोली चल्दा २ जना कैदीको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा फोडेर बलपूर्वक निस्कन खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा एक कैदी गम्भीर घाइते छन् भने अन्य १० जना सामान्य घाइते भएका छन्।

National Life

“सम्झाउँदा बुझाउँदा पनि नमानेर नाबाजी गर्दै बलपूर्वक निस्कन खोजेपछि गोली चलाउनुपर्ने अवस्था आयो,” प्रमुख जिल्ला अधिकारी थापाले बताए। घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ भने कारागार अहिले सुरक्षाकर्मीको नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ। रामेछाप कारागारमा हाल महिला १६ र पुरुष ३१८ गरी ३३४ जना कैदीबन्दी रहेका छन्।

प्रतिकृया