• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

संसद् भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०२:०८

भदौ २५,२०८२ काठमाडौँ – जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले मंगलबार सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

National Life

सूचनामा भनिएको छ, “मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”

यसअघि भदौ २३ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक पनि सूचना टाँसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop
Parliamnet Notice

प्रतिकृया