• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०९:१९

भदौ २३,२०८२ काठमाडौं –  सोमबार भएको जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार हालसम्म १९ जनाले ज्यान गुमाएका छन्।

National Life

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका ३४७ जनाको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया