• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

इटहरीमा जेनजी आन्दोलन : प्रहरी गोली प्रहारमा २ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०६:२४

सुनसरी, इटहरी – सोमबार जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर घाइते भएका छ जना मध्ये दुई जनाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाएका हुन्। बाँकी चार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

National Life

सोमबारको प्रदर्शनमा सहभागीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेपछि क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरी घेरा तोडेर कार्यालय परिसरभित्र प्रवेश गर्दै आगो लगाएका थिए। प्रहरी र प्रशासनले स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरेको छ।

प्रतिकृया