• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

एकीकृत समाजवादीले प्रधानमन्त्री र गृहमन्त्रीको माग्यो राजीनामा

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०६:०६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सोमबार आकस्मिक बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा मागेको छ। सो पार्टीको प्रवक्ता प्रकाश ज्वालाले बैठकको निर्णयबारे जानकारी दिएका हुन्।

National Life

प्रवक्ता ज्वालाका अनुसार बैठकले जेनजी पुस्ताका युवाहरूको आन्दोलन सन्दर्भमा विशेष प्रस्ताव पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। ज्वालाले भने,
“यो हद भयो। अहिले नै आन्दोलनकारीका माग सम्बोधन गर सरकार! सामाजिक सञ्जाल खुला गर। यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन। तुरुन्त राजीनामा देउ।”

बैठकले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने निर्णयको निन्दा गरेको छ। एकीकृत समाजवादीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युवाहरूको जायज मागको समर्थन गरेको बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रवक्ता ज्वालाले सरकारको हिंसात्मक दमन र यस क्रममा केही युवाको मृत्यु र सयौँ घाइते हुने घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

त्यसैगरी, पार्टीले आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ नलगाई यसको गरिमा र जनसमर्थनको संरक्षण गर्न युवाहरूलाई अपिल गरेको छ।

प्रतिकृया