• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०३:१३

भदौ २३,२०८२ काठमाडौं – काठमाडौंमा सोमबार भएको जेनजीहरूको आन्दोलन नियन्त्रणका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा दुई र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सबैलाई प्रहरीले प्रहार गरेको रबरको गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

National Life

त्यस्तै, संसद भवनको मुख्य गेट अगाडि गोली लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। आन्दोलनमा घाइते हुनेहरूको संख्या अझै बढिरहेको छ। उनीहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिँदै छ। मृतकहरूको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिकृया