• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

देउवाको पोस्टमा बालेनको व्यङ्ग्यात्मक प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार १२:४२

भदौ २२,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत व्यङ्ग गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाउँदै सम्बोधन गरेको तस्वीरसहितको पोस्ट फेसबुकमा गरेका थिए ।

National Life

देउवाले कार्यक्रममा सहभागी भएकाका केही तस्वीर सार्वजनिक गर्दै, “आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु,” भनेर लेखेका थिए ।

त्यही स्टाटसमा कमेन्ट गर्दै मेयर बालेनले व्यङ्गात्मक शैलीमा प्रश्न गरे, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?”

Classic Tech Mobile
Classic Tech Desktop

उनी यतिमै रोकिएनन्, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !” भन्दै थप व्यङ्ग गरे । बालेनको यस्तो कमेन्ट सार्वजनिक भएपछि देउवाको उक्त पोस्टमा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ ।

प्रतिकृया