• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरुमा छुट दिने

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०६:२२

काठमाडौं, १९ भाद्र । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।

National Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेज्यू र महिला उध्मी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीज्यूबाट हस्ताक्षर भइ सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु (https://www.nimb.com.np/personal-banking/branches) मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिकृया