• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा पत्रकार महासँघको आपत्ति

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०५:२५

भदौ १९,२०८२ काठमाडौं – नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयले नागरिकको अधिकारमा संकुचन ल्याउने चेतावनी दिएका छन्।

National Life

विज्ञप्तिमा सामाजिक सञ्जाल नागरिकले सूचना आदान–प्रदान गर्ने प्रमुख माध्यम भएकाले यसलाई बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित गराउनु भएको उल्लेख छ। महासंघले सरोकारवालासँग छलफल र सुझाव लिएर मात्र यस्ता निर्णय गर्न सरकारलाई आग्रह गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले फेसबुकसहितका अनसूचीकृत सामाजिक सञ्जाललाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया